अध्ययन भन्छ : स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम हुन्छ


न्यूयोर्क – स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ ।

हालै सार्वजनिक गरिएको एक अध्ययनले होल मिल्क अर्थात् स्वस्थ दुध पिएका बच्चा कम तौल अर्थात मोटोपनको संभावना कम हुने गरेको पाइएको छ ।

सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ ।

चिल्लो पदार्थयुक्त दुध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दुध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको हो । ती प्रतिवेदनहरुमा गाईको दुध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो ।

ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो । ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए ।

अध्ययनको नेतृत्व गरेका डां जोनाथन मागुइरेले दुध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement