प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध बाल सेना सर्वोच्चमा

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध बाल सेना सर्वोच्चमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बावुराम भट्टराईविरुद्ध बाल सेना सर्वोच्च अदालत गएका छन् । माओवादी जनयुद्धमा लागेर अयोग्य भएका बाल सेना दाहाल र भट्टराईविरुद्ध सर्वोच्चको ढोकामा पुगेका हुन् ।

एक दशक लामो जनयुद्धमा लडेका बालसेनालाई माओवादी नेतृत्वले व्यवस्थापन नगरेको भन्दै उनिहरु रुष्ट छन् । पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, र तुलसी नेपाललगायतले दाहाल,भट्टराई ,गृह र रक्षामन्त्रालयलाई विपक्षी बनाएका हुन् ।

उनिहरुले माओवादी नेतृत्वले आफुहरुलाई प्रयोग गरेर युद्ध अपराध गरेको आरोप समेत लगाएका छन् । बालसेनाले दिएको रिट निवेदन दर्ता भने भएको छैन् । उनिहरुको रिट निवेदनमाथि भदौ १६ मा निर्णय हुनेछ ।

रिट निवेदनमा माओवादीले बालसैन्यको रुपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतका १६ बर्षसम्म पनि न्याय दिलाउने कम नगरेकोले, बालसेनाको पहिचान दिई परिपुरण,क्षतिपूर्ति,न्यायलगायतका काम कारवाही तत्काल गर्नु गराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउंन माग गरिएको छ ।

त्यस्तै रिट निवेदनमा भनिएको छ ‘ अमानवीय ढङ्गले युद्ध अपराध गरी बालसेनाका रूपमा प्रयोग गर्ने तत्कालीन माओवादी विद्रोह कालका नेताद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईमाथि आवश्यक अभियोजन प्रक्रियाको थालनी गर्न गराउनका लागि आवश्यक प्रक्रिया अघि बढाउनु त्यतिन्जेलसम्म निजहरूको विशेष गरी विपक्षी प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्ने भएकाले निज प्रधानमन्त्रीको पदीय हैसियत पनि निलम्बनमा राख्नु वा कायम नहुने गरी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरी पाउं । ’

बालसेनाले सर्बोच्चमा चढाएको निवेदनको पूर्ण पाठ-