बच्चा चोर्ने महिला प्रहरी नियन्त्रणमा

बच्चा चोर्ने महिला प्रहरी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी मेडिकल कलेज पाल्पाबाट शुक्रबार दिउँसो नवजात शिशु चोर्ने महिलालाइ प्रहरीले शिशुसहित नियन्त्रणमा लिएको छ । तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीले बच्चा र चोरी गर्ने महिलालाई शनिबार बिहान ८ बजे कोठाबाटै नियन्त्रणमा लिएको छ । बच्चा सकुशल छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सम्पर्क गरी बच्चा राखेको ठाँउमा बच्चा र बच्चा चोर्ने ४५ वर्षकी विमकला पाण्डेलाई नियन्त्रणमा लिइएको हो ।

नवजात शिशु चोरीमा संलग्न महिलामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोली समेत महिला र बच्चा भेटिएको स्थलमा पुगेको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।