अवैध रुपमा राखिएका बालिका र महिलाको उद्दार


ललितपुर – ललितपुर महानगरपालिका-४ नख्खुस्थित सेफ हाउस होस्टलमा राखिएका बालिका तथा महिलाहरुको उद्दार गरिएको छ । बिहीबार दिउँसो अवैध रुपमा राखिएका १८ जना बालिका तथा महिलाहरुको उद्दार गरिएको हो ।

गोमा लिम्बु र इमिनिअल तामाङले संचालन गरेको उक्त होस्टलमा अवैध रुपमा बालिका तथा महिलालाई राखेको भन्ने सूचनाको आधारमा महिला तथा बालिका खोजतलास केन्द्र भृकुटीमण्डप र महानगरीय प्रहरी परिसर ललितपुरबाट संयुक्त रुपमा खटिएको टोलीले ती बालिका तथा महिलाहरुको उद्दार गरेको हो ।

उद्दार गरिएका बालिका तथा महिलाहरुलाई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित अल्पकालीन संरक्षण गृह साझा घरमा राख्नका लागि उक्त संरक्षण गृहका पदाधिकारीलाई जिम्मा लगाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement