खोलामा बगिरहेका बालकलाई यसरी उद्धार गरे प्रहरीद्वय सुरेश र रामविनयले

खोलामा बगिरहेका बालकलाई यसरी उद्धार गरे प्रहरीद्वय सुरेश र रामविनयले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ– मोरङको केराबारी गाउँपालिकास्थित खदम खोलामा आएको बाढीले बगाएका एक बालकलाई नेपाल प्रहरीले उद्धार गरेको छ।

केराबारीका अमृत दुलालका ६ वर्षीय छोरा अनसललाई बाढीले बगाएपछि प्रहरी जवानद्वय रामविनय यादव र सुरेश थामीले खोलामा हाम फालेर उद्धार गरेका हुन्।

गस्तीमा रहेका दुई प्रहरी जवानले बालक खोलाको पानीमा उत्रिरहेको देखेपछि हाम फालेर उद्धार गरेको ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक दीपक यादवले जानकारी दिए।