सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने

सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा सम्झौता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमतिसँगै नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान प्रदान गर्ने गरी भाषा, संस्कृतिको आदानप्रदान गर्नुका साथै नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सहकार्य गर्ने समेतको सहमति भएको हो ।

जसअनुसार चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमति भएको छ।

साथै नेपाल–चीन सांस्कृतिक आदानप्रदान र सहयोग प्रवर्द्धनका लागि दुवै पक्षले नेपालमा चाइना कल्चरल सेन्टर, कन्फ्युसियस इन्स्टिच्युट र कन्फ्युसियस क्लासरुम सञ्चालनको कार्यलाई निरन्तरता दिने समेत सहमति भएको छ ।