तालिबानी राजदूतलाई चीनको मान्यता प्राप्त

तालिबानी राजदूतलाई चीनको मान्यता प्राप्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको छ  ।

 चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई मंगलबार मिडिया ब्रिफिङको क्रममा चीनले तालिबालाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्न सोधिएको थियो ।

यो प्रश्नको जवाफमा उनले भने, ‘अफगानिस्तान लामो समयदेखि चीनको मित्रवत सम्बन्ध छ । अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बेदखल गर्नु हुँदैन ।’

यसअघि चीनले तालिबानद्वारा नियुक्त बिलाल करीमीलाई राजदूतको दर्जा दिएको र उनले आफ्नो परिचयपत्र चीन सरकारमा पेश गरेको समाचार काबुलबाट सार्वजनिक भएको थियो ।