चीनले २०२० मै कृत्रिम सूर्य बनाउने

चीनले २०२० मै कृत्रिम सूर्य बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – चीनले स्वच्छ र असीमित उर्जाका लागि २०२० मै कृत्रिम सूर्य बनाउने भएको छ । राज्य स्वामित्वका मीडियाका अनुसार नियन्त्रित परमाणु फ्यूजनको माध्यमबाट स्वच्छ तथा कहिले पनि समाप्त नहुने उर्जा उत्पादन गर्न सकिन्छ । सिन्ह्वाका अनुसार एचएल–२ एम टोकाम्याकका अनुसार २०२० सम्म आगामी पुस्ताको कृत्रिम सूर्य बनाएर तयार गर्न सकिन्छ ।

जुनमा हुने काइल सिस्टमको आपूर्तिपछि यसको स्थापनाको कार्य सुचारु रुपमा चल्ने छ । यो उपकरणले इन्धनको रुपमा हाइड्रोजन तथा ड्यूटेरिया ग्यासको प्रयोग गरेर सूर्यमा हुने प्राकृतिक प्रतिक्रियाको नक्कल बनाएर काम गर्नेछ ।

चीनको नेशनल न्यूक्लिय कर्पोरेशनका अनुसार काम गर्ने साउथवेस्टन इन्सटिच्यूट अफ फिजिक्सका प्रमुख डुआन जुरुले भनेका छन्, ‘नयाँ उपकरण अधिक उन्नत संरचनाको रहेको छ । यसले नियन्त्रण मोडमा २० करोड डिग्री सेल्सियस भन्दा बढी ताप उत्पन्न गर्न सक्छ ।’

इन्टरनेशनल थर्मोन्यूक्लियर प्रायोगिक रियाक्टर (आईटीईआर) परियोजनामा कृत्रिम सूर्यले चीनको भागिदारीका लागि महत्वपूर्ण प्राविधिक सहायता प्रदान गर्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रयोगका निर्देशक गोङ जियान्जूले इस्टको अन्तिम लक्ष्य स्वच्छ उर्जा प्रदान गर्नु रहेको बताएका छन् । इस्टको प्रयोगमा प्राप्त तापमान सूर्यको आन्तरिक भागबाट लगभग सात गुणा अधिक हुनेछ । जुन लगभग १.५ करोड डिग्री सेल्सियस हुनेछ । गोङका अनुसार २०१७ मा प्रयोगात्मक तापमान लगभग ५ करोड डिग्री सेल्सियस थियो ।