दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरू चीनतर्फ आकर्षित

दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरू चीनतर्फ आकर्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वव्यापी व्यापारमा देखिएको तनाव र अस्थिर अमेरिकी करका बाबजुद दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूको नजर चिनियाँ बजारमा देखिएको छ ।

दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूले चिनियाँ बजारहरूमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् ।

दक्षिण कोरियाको दोस्रो ठूलो शहर बुसान पनि एक महत्त्वपूर्ण जहाज निर्माण शहर हो, जहाँ लगभग ६० प्रतिशत साना र मध्यम आकारका जहाज निर्माताहरू छन् । उनीहरू चीनमा आफ्नो व्यापार विस्तारमा क्रियाशील छन् ।

चीनमा आफ्नो प्रतिस्पर्धा बढाउन कम्पनीहरूले एलएनजी, तरल प्राकृतिक ग्यास बोक्न कार्गो ट्यांकी पनि विकास गरिरहेको बताए । ‘चिनियाँ बजारमा पहुँच प्राप्त गर्नु भनेको विश्वव्यापी बजारमा पहुँच हो भन्ने कुरामा म पूर्ण रूपमा सहमत छु । हाल चिनियाँ ग्राहकहरूसँग उत्पादन गुणस्तरको लागि धेरै आवश्यकताहरू छन् । हामी जस्ता कम्पनीहरूले लागत घटाउनु मात्र होइन, हाम्रो ब्रान्डको बजार पहिचान र प्रतिस्पर्धात्मकता बढाउनको लागि दोस्रो र तेस्रो पुस्ताका उत्पादनहरू पनि अपग्रेड गर्नुपर्छ,’ जहाज निर्माण कम्पनीका प्रवन्धक ली ग्युन–ह्युङले भने ।

कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा चीनमा १ करोड ७० लाख अमेरिकी डलर बराबरका उत्पादनहरू निर्यात गरेको छ । (सीसीटीभीप्लस)