चीनको प्रतिक्रिया-नेपालमा छिट्टै स्थिरता पुनर्स्थापना होस्

चीनको प्रतिक्रिया-नेपालमा छिट्टै स्थिरता पुनर्स्थापना होस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा विकसित घटनाक्रमप्रति चीनले प्रतिक्रिया दिएको छ। नेपालीहरूले चाँडै मुलुकमा व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने आशा चीनले व्यक्त गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नेपालका सबै पक्षहरूले आफ्ना आन्तरिक समस्याहरू उचित ढंगले समाधान गरी छिट्टै सामाजिक व्यवस्था र स्थिरता पुर्नस्थापना गर्ने आशा व्यक्त गरेको छ।

नेपालमा भएको प्रदर्शन र अशान्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिनु परेको प्रसगमा टिप्पणीमा चीनको यस्तो प्रतिक्रिया आएको हो ।

त्यस्तै चीन र नेपाल परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी भएको उल्लेख गर्दै नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई सुरक्षाप्रति सचेत रहन सुझाव पनि लिनले दिएको सिन्ह्वाले बताएको छ।

यस्तै उनले भनेकी छन्, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। आशा छ, नेपालका अनेक पक्षहरूले घरेलु मुद्दालाई ठिकसँगले सम्हाल्नेछन् र मुलुकमा चाँडै व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने छन्।’

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नै नेपालका विषयमा मन्त्रिपरिषदको सुरक्षासम्बन्धी समितिमा विस्तृत छलफल भएको बताएका थिए।