बेइजिङ – चिनियाँ विदेश मन्त्रालयले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेको छ ।
विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा जवाफ दिँदै प्रवक्ता माओ निङले भनिन्, ‘नेपालले प्रतिनिधि सभाको निर्वाचन निर्धारित समयमै र स्थिर रूपमा सम्पन्न गरेकोमा चीन बधाई ज्ञापन गर्दछ । नेपालले आफ्नो राजनीतिक एजेन्डालाई सहज रूपमा अगाडि बढाएको देख्दा हामीलाई खुसी लागेको छ ।’
प्रवक्ता निङले नेपाल चीनको परम्परागत मित्रवत छिमेकी भएको उल्लेख गर्दै २ देशबिचको सम्बन्धलाई चीनले उच्च महत्त्व दिने बताइन् । ‘दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि पारस्परिक सहयोग गर्दै आएका छन्,’ उनले भनिन् ।
चीनले आगामी दिनमा विकास र समृद्धिका लागि नेपालसँगको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन तयार रहेको स्पष्ट पारेको छ । ‘हामी नेपालसँगको चिरस्थायी मित्रतालाई अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ आयामहरूमा काम गर्न तत्पर छौँ,’ प्रवक्ता निङले भनिन् ।




प्रतिक्रिया