चीनले परमाणु क्षेप्यास्त्र बढाउँदै लगेको अमेरिकाको दाबी

चीनले परमाणु क्षेप्यास्त्र बढाउँदै लगेको अमेरिकाको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनले परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्ने आफ्नो क्षमता वृद्धि गरिरहेको अमेरिकी वैज्ञानिकहरूले बताएका छन ।

फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनले भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको उल्लेख गरेको छ । अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका छन् ।

यो चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको जनाइएको छ । निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ । गत महिना वाशिङ्टन पोस्टले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको विवरण प्रकाशित गरेको थियो ।

एफएएसले सोमवारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर–पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको बताएको छ । सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो परमाणु क्षेप्यास्त्र दोबर बनाउन लागेको बताएको थियो । अमेरिकी र रुसी विदेश उपमन्त्रीहरूको छलफल रोकिएको परमाणु हतियार नियन्त्रण वार्ता सुरु गर्ने पहिलो चरणको रूपमा हेरिएको छ ।