भारतीय ह्याकरद्धारा चीन, पाकिस्तान र नेपालको साइबर सुरक्षामा हमला, भारत सरकारको सहयोग हुनसक्ने चिनियाँ रिर्पोर्टको दाबी

भारतीय ह्याकरद्धारा चीन, पाकिस्तान र नेपालको साइबर सुरक्षामा हमला, भारत सरकारको सहयोग हुनसक्ने चिनियाँ रिर्पोर्टको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनले केहि बर्षयता भारतीय ह्याकरबाट नेपाल, चीन र पाकिस्तानको सुरक्षा संयन्त्रमा साइबर हमला भइरहेको रिपोर्ट सार्वजनिक गरेको छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्स पत्रिकाको अनुसार भारतीय ह्याकरहरुले केही बर्षयता नेपाल, चीन र पाकिस्तानका सैनिक तथा रक्षा मामिला हेर्ने सरकारी निकायमा साइबर हमला गर्दै आइरहेको छ ।

नेपाल, चीन र पाकिस्तानका सरकारी सुरक्षा निकायमा साइबर हमला गर्दै आएका ती भारतीय ह्याकरलाई भारत सरकार तथा त्यहाँको जासुसी निकायको सहयोग रहेको हुनसक्ने ग्लोबल टाइम्सको दाबी छ ।

‘भारतीय ह्याकरले नेपाल, चीन र पाकिस्तानका सरकारी निकायमा साइबर हमला गर्नेक्रम पछिल्ला दिनमा बढेको छ । चीन सरकार यसबारे जानकार रहेपनि नेपाल र पाकिस्तान यसबारे खासै जानकार छैनन्’, ग्लोबल टाइम्सले शुक्रबार प्रकाशित आफ्नो अनुसन्धानात्मक रिपोर्टमा भनेको छ ।

साइबर हमला गर्न भारतीय ह्याकरले एकसय भन्दा बढी नक्कली वेवसाइट समेत संचालन गरिरहेको यो रिपोर्टमा दाबी गरिएको छ । चीनमा साइबर सुरक्षामा काम गरिरहेका चिनियाँ कम्पनीले भारतीय ह्याकरको अवान्छित गतिबिधीबारे अध्ययन गरेको रिपोर्टका जनाइएको छ ।

भारतीय ह्याकरहरु समूह नै बनाएर नेपाल, चीन र पाकिस्तानका सरकारीय निकायका वेवसाइट तथा इमेल ह्याक गर्ने काममा उद्दत रहेको दाबी यो रिपोर्टले गरेको छ ।