ताइवान क्षेत्रमा चीनको सैन्य अभ्यास


एजेन्सी – चीनको सेनाले आइतवार ताइवान वरिपरि सैन्य अभ्यास गरेको बताएको छ । यो एक महिनाभन्दा कमको अवधिमा दोस्रोे अभ्यास हो ।

सेनाले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा ‘संयुक्त लडाई तयारी गस्ती र वास्तविक लडाई अभ्यास’ आयोजना गरेको जनमुक्ति सेनाकोे पूर्वी थिएटर कमाण्डले आइतवार ढिलो एक विज्ञप्तिमा भनेको छ ।

उक्तअभ्यासको ताइपेयले विरोध जनाएको छ । गत वर्ष अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच विवाद चर्किएको छ । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश मान्दै आएको छ भने बेइजिङले त्यसलाई आफ्नो महत्वपूर्ण भूमि ठान्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement