चीन र भारतले बनाएको सरकारको कुनै इज्जत गर्दिन: मेयर शाह

चीन र भारतले बनाएको सरकारको कुनै इज्जत गर्दिन: मेयर शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै संघीय सरकारमाथि खनिएका छन् । मेयर साहले आफ्नो व्यक्तिगत फेसबुक अकाउन्टबाट नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।

‘चीन र भारतले बनाएको सरकारको कुनै इज्जत गर्दिन म, नेपाल स्वाधिन कहिले हुने रु आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’ उनले फेसबुकमा लेखेका छन् ।

साहले यसअघि देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए।