एजेन्सी – कुनै देशले आफ्नो मुलुकमा त बिजुली काट्न सक्छ । तर के उसलाई अन्य देशको पनि बिजुली काट्ने अधिकार छ ? फिलिपिन्सको संसदमा चीनले चाहेमा पुरै फिलिपिन्सको बिजुली काट्न सक्ने चर्चा चलेको छ ।
संसदीय सत्रको समयमा फिलिपिन्सको नेशनल ट्रान्समिसन कर्पोरेसनले चीनले फिलिपिन्सको बिजुली काट्न सक्ने सम्भावनाको पुष्टि गरिएको छ । संसदमा एक सिनेटरले के चीनको वर्चस्वादी महत्वाकांक्षाले फिलिपिन्सका लागि खतरा पैदा गर्न सक्छ कि भनि सोधेपछि यो विषयको खुलासा भएको हो । यसको उत्तरमा चीनले फिलिपिन्सको बिजुली काट्न सक्ने सम्भावना भएको बताइएको हो ।
सिनेटर रिचार्ड गार्डनले भने, ‘हामीले आफ्नो ग्रिडको ४० प्रतिशत हिस्सा एक विदेशी कर्पोरेसनलाई दिएका छौ । जसमा पश्चिमी फिलिपिन्स सागरमा हाम्रो देशसँग चीनको टक्कर हुन सक्छ र उक्त देशको वर्चस्ववादी महत्वाकांक्षा पनि रहेको छ ।’
यद्यपि चीनले बिजुलीत काट्न सक्ने तर फिलिपिन्सले २४ देखि ४८ घन्टाभित्र चालु गर्न सक्ने सिनेटमा बताइएको छ । २००९ देखि फिलिपिन्सको नेशनल ग्रिडमा चीनको हिस्सेदारी रहदै आएको छ । फिलिपिन्स र चीनबीच दक्षिण चीन सागरको विषयलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको छ ।




प्रतिक्रिया