काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमण घटनाप्रति बोल्यो चीन

काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमण घटनाप्रति बोल्यो चीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनले अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमण घटनाको निन्दा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले नियमित पत्रकार सम्मेलनका क्रममा सम्बोधन गर्दै बिहीबार अफगानिस्तानको काबुल अन्तराष्ट्रिय बिमानस्थल बाहिर भएको बम आक्रमण घटनाको निन्दा गरेका हुन् ।

उनले उक्त घटनाले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको बताएका छन् । ‘काबुल विमानस्थल नजिकै भएको विष्फोटमा ठूलो जनधनको क्षति भएको छ । उक्त घटनाले चीन स्तब्ध भएको छ । यो घटनाको चीन निन्दा गर्छ,’ प्रवक्ता झाओले भने, ‘यसले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको छ ।’

बिहीबार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर बम आक्रमण भएको थियो । सो आक्रमणमा परि १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो । सो घटना आईएसआईएस के समुहले गरेको भन्ने खुलेको छ ।

यता अमेरिकाले अफगानिस्तानमा आईएसआईएस के लाई लक्षित गरेर हवाई हमला गरेको छ । अमेरिकाको हमलामा काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकार मारिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनपछि अमेरिकी सेनाले हवाई आक्रमण गरेको हो ।