काठमाण्डु – चीनले अफ्रिकालाई कोभिड–१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।
‘चीनले अफ्रिकाको भरपर्दो मित्र भएको कुरामा जोड दिएको छ र यो हरेक पटक व्यवहारमा पुष्टि पनि भएको छ,’ रुसी एकेडेमी अफ साइन्सेसको अफ्रिकी अध्ययन संस्थानका प्रमुख अनुसन्धान फेलो तातियाना डेचले भनेका छन् ।
‘कृषि निर्यातका लागि चीनको समर्थनले अफ्रिकी देशहरूलाई व्यापार असन्तुलन कम गर्न र चीनमा कच्चा पदार्थको निर्यातमा उनीहरूको निर्भरता कम गर्न मद्दत गर्नेछ। यसले विश्व बजारमा अफ्रिकाको प्रतिस्पर्धात्मकतामा सुधार गर्नेछ,’ डेचले थपे ।
चीनले अफ्रिकी देशहरूको भरपर्दो साझेदारको रूपमा आफ्नो विश्वसनीयता बलियो बनाएको छ र चीन–अफ्रिका सहयोगलाई बदनाम गर्ने अफवाहहरूको खण्डन गरेको छ ।




प्रतिक्रिया