बेइजिङमा ११ अर्ब डलर लागतमा विमानस्थल: प्रतिघन्टा ३०० जहाज टेकअफ र ल्यान्ड गर्न मिल्ने

बेइजिङमा ११ अर्ब डलर लागतमा विमानस्थल: प्रतिघन्टा ३०० जहाज टेकअफ र ल्यान्ड गर्न मिल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ-नेपालमा निजगढ विमानस्थल निर्माणकाे चर्चा चुलिरहेका बेला छिमेकी मुलुक चीनले भने ११ अर्ब डलर लागतमा विमानस्थल बनाएकाे छ। चीनले राजधानी बेइजिङमा बनाएकाे नयाँ दाजिङ अन्तर्राष्ट्रिय विमानस्थल  खुला गरेको हो।

७ लाख वर्गमिटर ओगट्ने विमानस्थलकाे बुधबार चिनियाँ राष्ट्रपति सि जिनपिङले उद्घाटन गरेको बीबीसीले जनाएको छ। यो विमानस्थल झण्डै ९८ वटा फुटबल मैदानबराबरको रहेको चाइना डेलीले उल्लेख गरेकाे छ।

आगामी सन् २०२५ सम्ममा यो एयरपोर्टले १७ करोड यात्रुलाई रिसिभ गर्ने विश्वास गरिएको छ। ग्लोबल टाइम्सका अनुसार सातवटा चिनियाँ आन्तरिक एयरलाइनहरुले अपरेसन सुरु गर्नसक्नेछन्। पहिलो उडान भने चाइना साउदर्न एयरलाइनको ए३८० जहाजले गरेको छ। यो एयरपोर्टमा ब्रिटिश एयरवेज, क्याथे प्यासिफिक र फिन एयरले यसअघि नै उडान घोषणा गरिसकेका छन्।

चीनले  उक्त विमानस्थल पाँच वर्षमा बनाइसकेको हो।

अहिले डाक्सिङ विमानस्थलमा प्रतिघन्टा ३०० जहाजले उडान र अवतरण गर्न सक्छन्। संसारकै व्यस्त विमानस्थल हुने विश्वास गरिएको यो विमानस्थलले सन् २०४० सम्म वार्षिक १० करोड यात्रुलाई सेवा लक्ष्य राखेको छ।