काठमाडौं – कोरोना भाइरस नियन्त्रणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । दुई देशका राष्ट्रपतिबीच मिलेर कोरोना भाइरस समाप्त पार्ने सहमती भएको छ ।
ट्वीटमा ट्रम्पले लेखेका छन्, ‘अहिले मात्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग राम्रो कुराकानी भएको छ । यो अवधिमा कोरोना भाइरसको विषयमा विस्तारमा वार्ता भएको छ । यसका कारण चीनले ठूलै समस्या भोग्यो र हाल यसमाथि नियन्त्रण कायम गरेको छ । हामी दुवै साथमा काम गर्छौ । चीनका लागि मेरातर्फबाट सम्मान छ ।’
डोनाल्ड ट्रम्पले लगातार कोरोनाभाइरसको विषयमा चीनमाथि दोष थोपार्दै आएका छन् । पत्रकार सम्मेलनको अवसरमा पनि उनले कोरोनाभाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका छन् ।
कोरोनाभाइरसका कारण विश्वनै तहसनहन भएको छ । यसबाट २४ हजार भन्दा बढी मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् ।




प्रतिक्रिया