ट्रम्पलाई चीनले भन्योः बंकर नलुक्नू बरु आन्दोलनकारीसँग वार्ता गर्नूस्


एजेन्सी – चीनले अमेरिकालाई जातीय भेदभाव उन्मुलन गर्न आग्रह गरेको छ । सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिआन झाओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आन्दोलनकारीबाट बच्न बंकरमा नलुक्न र वार्ता गर्न आग्रह गरेका छन् ।

‘जर्ज फ्लोयडको मृत्युले अमेरिकामा जातीय भेदभाव र प्रहरी क्रुरता देखाउँछ,’ झाओले भनेका छन्, ‘राष्ट्रपतिजी, सेक्रेट सर्भिसले घेरिएर बंकरमा लुक्न नजानुस् । जसरी तपाईं बेइजिङले हङकङका प्रदर्शनकारीसँग गर्नुपर्छ भन्नुहुन्थ्यो त्यसरी नै प्रदर्शनकारीसँग गम्भीरतापूर्वक वार्ता गर्नुस् ।’

एक जना काला जातिका पुरूषलाई प्रहरीले घुँडाले घाँटी थिचेर मारेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको छ । विभिन्न सहरमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारी त्यसलाई उल्लंघन गर्दै सडकमा निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement