चीनको आर्थिक करिडोरबाट पाकिस्तानलाई नोक्सानी : अमेरिका

चीनको आर्थिक करिडोरबाट पाकिस्तानलाई नोक्सानी : अमेरिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीन–पाकिस्तान आर्थिक करिडोरको विषयलाई लिएर अमेरिकाले पाकिस्तानलाई चेतावनी दिँदै यसले पाकिस्तानी अर्थव्यवस्थालाई लामो समयसम्म नोक्सानी पुग्ने बताएको छ ।

अमेरिकी शीर्ष कुटनीतिज्ञले भनेका छन्, ‘यदि पाकिस्तानमा चीनले यस किसिमको ठूलो ढाँचा विकसित गर्न जारी राख्यो भने यसले पाकिस्तानलाई थोरै मात्र प्रतिफल आउने र उसको अर्थव्यवस्थालाई नोक्सानी पुग्ने छ ।

दक्षिण एसियाली मामिलाका कार्यवाहक सहायक मन्त्री एलि वेल्सले भने, ‘चीन र पाकिस्तान दुवैले करिडोरलाई गेम चेन्जर भएको बताउदै आएका छन् । तर यस्तो होइन । यसले केबल बेइजिङलाई मात्रै फाइदा पुग्ने छ । यो स्पष्ट छ कि चीन यसबाट केबल लाभ उठाउन मात्रै चाहन्छ ।’ चीनको सीपीईसीमा लगानी गर्ने उद्देश्य पाकिस्तानलाई मद्दत गर्नु नभएको र उनले बताए । अमेरिकाले यो भन्दा राम्रो मोडल प्रस्तुत गर्न सक्छ ।

विड्रो विल्सन इन्टरनेशनल सेन्टर फर स्कलर्सको एक कार्यक्रममा वेल्सले भनेका छन्, ‘चीन आफ्नो यो अर्बौ डलरको परियोजनाका लागि पाकिस्तानलाई छुट सहितको ऋण दिइरहेको छ । यसका अलाव चिनियाँ कम्पनीले आफ्ना मजदुर तथा सामानलाई पाकिस्तान पठाइरहेको छ । यसले पाकिस्तानमा बेरोजगारीको खतरा बढाइरहेको छ । वास्तवमै सीपीईसी मुख्यरुपमा चिनियाँ कर्मचारी तथा आपूर्तिमा निर्भर रहदै आएको छ ।’

यदी पाकिस्तानले ऋण चुक्ता गर्नमा ढिलाई ग¥यो भने उसको आर्थिक विकासमा असर पर्नेछ । साथै प्रधानमन्त्री इमरान खानको देशमा सुधार गर्ने एजेन्डा पनि प्रभावित हुनेछ । अमेरिकी कम्पनीहरुको मोडल सफल रहेको पनि उनले बताए । यसको ज्वलन्त उदाहरणमा अमेरिकाको उबर, एक्सन मोबिल, पेप्सिकोले पाकिस्तानमा करीब १.३ अर्ब डलरको लगानी गरेको प्रसंग उनले प्रस्तुत गरे ।