अमेरिकाको आन्तरिक हस्तक्षेपको सीमा नाघिसक्यो: चीन


एजेन्सी – चीनले अमेरिकाको आन्तरिक मामिलामा हस्ताक्षेप नगरेको प्रष्ट पारेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले आफ्नो आन्तरिक मामिला आफैं व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

मन्त्री यीले पत्रकार सम्मेलनमा चीनले अमेरिकाको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप नगरेको बताएका छन् । उनले अमेरिकाले भने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताए ।

‘अब चीनले संयुक्त राज्यलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्ने समय आएको छ’, उनले भने, ‘चीनको  दि नेशनल्स पिपुल्स कंग्रेसले अमेरिकाको आन्तरिक मामिलालाई लक्षित गरी बिधेयक बनाएन र कहिले पनि छलफल गरेको छैन, तर अमेरिकी कंग्रेसले चीनको आन्तरिक मामिलामा बारम्बार बिभिन्न बिधेयक जारी गरिरह्यो ।’

त्यस्तै उनले अमेरिकाले आन्तरिक हस्तक्षेप गरेर सीमा नाघिसकेको बताएका छन् । मन्त्री यीले आफ्नो आन्तरिक मामला आफैं व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

‘अमेरिकाले आन्तरिक हस्तक्षेप गरेर सीमा नाघिसक्यो । धेरै लामो आफ्नो हात फैलायो’, उनले भने, ‘हामी अमेरिकाका केही व्यक्तिलाई आफैंले आफ्नो मामिला राम्रोसँग व्यवस्थापन गर्न सुझाव दिन्छौं । अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरूको पालना गर्दछौं र अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट रोक्दछौं ।’

अमेरिकाले हङकङ सम्बन्धी केही कानूनहरु पारित गरेको थियो त्यस्तै अमेरिकाले सिनजियाङ प्रान्तका मुसनमानलाई लक्षित गर्दै केही कानुनहरु ल्याएको छ । तर, चीनले निरन्तर विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement