एजेन्सी – कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न चीनले अमेरिकालाई आग्रह गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले कोरोना भाइरसको महामारीका विरुद्धमा लड्न तथा भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न अमेरिकालाई आग्रह गरेका हुन् ।
उनले भने, ‘अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहयकार्य गर्नुपर्छ ।’ प्रवक्ता यनबिनले एक अर्कालाई सहकार्य गर्न सकियो भनेमात्र विश्व समुदायले यो महामारीबाट मुक्ति पाउन सम्भव हुने बताएका थिए ।
हालैमात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको भनी आरोप लगाएपछि सोमबार उनको सो धारणा आएको हो ।
प्रवक्ता येनबिनले यससम्बन्धी अनुसन्धान गर्नका लागि चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिँड्न सक्नुपर्ने धारणा राखेका थिए ।




प्रतिक्रिया