व्यापार युद्धको दोस्रो वर्षमा खराब रह्यो अमेरिका–चीनको अर्थतन्त्र

व्यापार युद्धको दोस्रो वर्षमा खराब रह्यो अमेरिका–चीनको अर्थतन्त्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन – अमेरिका–चीन व्यापार युद्ध २०१९ मा दोस्रो वर्षमा प्रवेश गरेको छ । यसले दुवै देशका विभिन्न क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको छ । अर्थतन्त्रको फराकिलो मापन मानिने जीडीपी गत वर्ष अमेरिका र चीन दुवैको सुस्त भएको छ ।

कतिपय अर्थशास्त्रीहरुले दुवै मुलुकमा वृद्धि दर २०२० मा मन्द हुने अनुमान लगाएका छन् । लगातारको व्यापारिक तनाव र सम्बन्धित घरेलु चुनौतीका कारण वृद्धि दर सुस्त हुने अनुमान उनीहरुले लगाएका हुन् । यसले पहिलेनै धरमराएको विश्वव्यापी अर्थतन्त्रमा थप दबाब पर्ने देखिन्छ ।

२०१९ को सुरु १० महिनाको अवधिमा दुवै मुलुकको समग्र निर्यात आयात अघिल्लो वर्षको तुलनामा ओरालो लागेका छन् । यो विशेषगरी विश्वव्यापी रुपमा रहेको मन्द व्यापारिक गतिविधिका कारण भएको उनीहरुको ठम्याई छ । जुन अमेरिका–चीनबीचको व्यापार युद्ध सुरु हुनु भन्दा पहिलेनै ओरालो लाग्न थालिसकेको थियो ।

चीनमाथि आरोप लाग्दै आएको अमेरिकाको समग्र व्यापार घाटा गत वर्ष पनि त्यती फरक परेन । अमेरिका–चीनबीचको व्यापार असन्तुलन अघिल्लो वर्षको जनवरीदेखि अक्टोबर सम्म रहेको ३४४.५ अर्ब डलरको तुलनामा २०१९ को सोही अवधिमा २९४.५ अर्ब पुग्दा पनि अमेरिकाको समग्र व्यापार घाटामा कमी नआएको अमेरिकी तथ्यांक विभागको तथ्यांकले देखाएको छ ।