एजेन्सी – चीनबाट भारतका लागि आउँदै गरेको मेडिकल किट अमेरिका पठाइएको छ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको उपचारमा प्रयोग हुने उक्त किट अमेरिका पठाइएको हो ।
उक्त विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा तनाव पैदा भएको छ । यो विवाद भारत र अमेरिकाबीच देखिएको छ ।
तामिलनाडुका मुख्य मचिवले चीनबाट भारत आउन लागेको र्यापिड एन्टी बडी टेस्ट किट्सको कनसाइनमेन्ट अमेरिकातर्फ पठाइएको आरोप लगाएका छन् । यो विषयमा भारत सरकारकातर्फबाट कुनै सम्पर्क नगरेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
डब्लूएचओले इशारै इशारामा सबै मुलुकलाई अनुशासनमा रहनका लागि समेत आग्रह गरेको छ ।
संगठनका कार्यकारी निर्देशक डा. माइक रेयानले भनेका छन्, ‘जहाँसम्म मेरो जानकारी छ यो विषयमा हामीलाई कुनै सूचना प्राप्त भएको छैन । तर, मेडिकल आपूर्तिको दबाव छ र यस्तो अवस्थामा सबैले अनुशासन देखाउनु आवश्यक छ ।’
अमेरिकाको समस्या समाधान आफू गर्न नसक्ने पनि उनले बताएका छन् ।




प्रतिक्रिया