विवादित जल क्षेत्रमा अमेरिकी पोत सञ्चालन, चीनले आपत्ति जनायो

विवादित जल क्षेत्रमा अमेरिकी पोत सञ्चालन, चीनले आपत्ति जनायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – चीनले अमेरिकामाथि विश्वशक्तिका मुलुकबीच तनाव भड्काएको आरोप लगाउँदै निन्दा गरेको छ । यो साता बेइजिङले दुई अमेरिकी युद्धपोत द्विपको नजिक गएको दावी गरेको छ । अमेरिकी नौसेना नियमित रुपमा विवादित दक्षिण चीन सागरमा नेभिगेसन संचालनको स्वतन्त्रताको संचालन गर्दै आएको छ ।

यो क्षेत्रमाथि चीन, भियतनाम, फिलिपिन्प, मलेसिया,ब्रुनाई तथा ताइवानले आ–आफ्नो दावी गर्दै आएका छन् । अमेरिकी नेभीले भनेको छ, ‘बुधबार स्प्रेटली आइल्यान्डमा मिसचीफ रीफमा युुएसएस गेब्रियल गिफर्ड्स लिटोर कम्ब्याट शिप गएको थियो र बिहीबार पेरासले आल्यान्ड्समा युएसए भेन ई मेयर गाइडेड मिसाइल डिस्ट्रोयरको नजिकै भएर गएको थियो ।’

पिपुल्स लिबरेसन आर्मी साउथर्न थिएटर कमान्डले जारी गरेको बयानमा भनिएको छ, ‘चीनले अमेरिकी जहाजको पहिचान तथा निगरानीका लागि सैन्य जहाज पठाएको थियो र उक्त स्थान छोडेर जानका लागि चेतावनी दिएको थियो’, उक्त बयानमा भनिएको छ, ‘अमेरिकाले दक्षिण चीन सागर क्षेत्रमा युद्धपोत पठाउनका लागि नेभिगेशनको स्वतन्त्रताको कारणका प्रयोग गरेको थियो ।’