काठमाडौं – अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री स्कट मरिसनले उक्त घोषणा गर्दै चीनको मुख्य भू–भाग हुँदै अस्ट्रेलिया आउने अन्य पर्यटकहरुलाई समेत बन्देज लगाइएको छ ।
चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको हो ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, “अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ ।” यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उनले जानकारी दिए ।
अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई समेत चीन भ्रमण नगर्न सुझाव जारी गरेको छ। सुझावमा चीनमा रहेका आफ्ना नागरिकलाई समेत छिटो देश छाड्न आग्रह गरिएको छ। शनिबार प्रधानमन्त्री मरिसनले चीनको मुख्य भूभाग हुँदै अस्ट्रेलिया प्रवेश गर्ने विदेशी नागरिकलाई प्रवेश नदिइने उल्लेख गरेका छन्।
शनिबारपछि चीनबाट अस्ट्रेलिया आइपुगेका आफ्ना नागरिकहरुले १४ दिनसम्म आफूलाई अलग राख्नुपर्नेछ। यसका साथै अस्ट्रेलियाका सबै मुख्य एयरर्पोटमा अत्याधुनिक तथा विशेष जाँचको व्यवस्था गरिएको छ।




प्रतिक्रिया