तिब्बतमा पहिरोले नदी थुनिएपछि माथिल्लो तामाकोसीको ड्याम खाली गराईयो

तिब्बतमा पहिरोले नदी थुनिएपछि माथिल्लो तामाकोसीको ड्याम खाली गराईयो


काठमाण्डु – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लजाशय खालि गर्न थालिएको छ ।

चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङ्सी खोला थुनिएपछि तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन आयोजनाको जलाशय खाली गर्न थालिएको हो ।

कुनै पनि बेला उक्त खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छोडिएको हो । शनिबार बिहान सात बजेदेखि नै जलासयबाट पानी छाड्न थालिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

चीनतर्फ गएको पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि दोलखा, रामेछापको तामाकोसी तटिय क्षेत्रमा बसोबास गर्ने मानिस त्रसित बनेका छन् ।