काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ ताओ नेपाल आइपुगेका छन् । आज (सोमबार)बाट काठमाडौंमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्टको अन्तक्र्रिया कार्यक्रमका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेश विभागको निमन्त्रणामा सोङ तीन दिने नेपाल भ्रमणमा आएका हुन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि आज मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका सोङलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभागका उपप्रमुख विष्णु रिजाल, नेकपा स्थायी कमिटीका सदस्य एवं स्कुल विभागका उपप्रमुख बेदुराम भुसाललगायतले स्वागत गरेका थिए । सो अवसरमा चिनियां राजदूत हाउ यान्छी पनि सहभागी थिइन् ।
चिनियाँ सरकारका वरिष्ठ मन्त्री समेत रहेका सोङले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रभानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेलाप लगाएत शिर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति सी असोज २७ गते नेपाल भ्रमणमा आउँदैछन् ।




प्रतिक्रिया