चीनमा कोरोना संक्रमणबाट डिस्चार्ज भएका ९० प्रतिशतको फोक्सोमा समस्या


एजेन्सी – चीनमा कोरोना भाइरसको संक्रमण भएका ९० प्रतिशतमा फोक्सोको समस्या देखिएको एक अध्ययनले देखाएको छ । एक सय संक्रमितमा गरिएको परीक्षणमा ९० प्रतिशतमा फोक्सोको समस्या देखा परेको र ५ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

संक्रमित ९० प्रतिशतको फोक्सो ड्यामेज हुने गरेको अध्ययनले पुष्टि गरेको छ । उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङ नेतृत्वको टोलीले अप्रिलदेखि एक सय जना कोरोना संक्रमितहरुको अनुगमन गरिरहेको छ । एक बर्षको कार्यक्रम पहिलो चरण जुलाईमा समाप्त भएको ग्लोबल टाइम्सले जनाएको छ । १०० बिरामीहरुको औषत उमेर ५९ वर्ष रहेको छ ।

पहिलो चरणको नतिजाअनुसार ९० प्रतिशत बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामा छ । उनीहरूको फोक्सोको भेन्टिलेसन र ग्यास विनिमय कार्यहरू स्वस्थ व्यक्तिको जस्तो भइसकेको छैन् ।

अध्ययन टोलीले बिरामीहरूसँग ६ मिनेट पैदल परीक्षण गरेको थियो । संक्रमण मुक्त भएका बिरामी ६ मिनेटमा ४०० मिटर मात्र हिँड्न सक्छन् जबकी सोही उमेरका स्वस्थ व्यक्ति ५०० मिटर हिँड्न सक्छन् ।

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका बिरामीहरु अस्पतालबाट डिस्चार्ज भएपछि तीन महिना पछि पनि अक्सिजन मिसिनमा भर पर्नुपर्ने अवस्था रहेको बेइजिङस्थित चिनियाँ चिकित्सा विभागका डा. दोङ्जीमेन अस्पतालका डाक्टर लियाङ्ग टेङ्जियाओले बताए ।

लियाङ्गको टोलीले ६५ वर्षभन्दा माथिका बिरामीहरु बारेमा पनि अध्ययन गरिरहेको छ । अध्ययनले १० प्रतिशत कोरोना संक्रमितहरुको भाइरसविरुद्ध लड्ने एन्टीबडी समाप्त भएको जनाइएको छ । ती मध्ये ५ प्रतिशतले कोरोना भाइरस न्यूक्लियस टेस्टमा नेगेटिभ रिपोर्ट आएको छ । तर, इम्युनोग्लोबुलिन एम(आईजीएम) परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ ।

आईजीएम प्रायः रोग प्रतिरक्षा प्रणाली द्वारा उत्पादित पहिलो एन्टिबडी हो । आईजीएम परीक्षणको सकारात्मक परिणामको मतलब सामान्यतया एक व्यक्ति भाइरसबाट संक्रमित भएको छ । निको भइसकेका अधिकांश बिरामीका परिवार उनीहरुसँगै बसेर खाना खान इच्छा नदेखाएको पाइएको छ । १०० बिरामीमध्ये आधाभन्दा कम नियमित काममा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement