एजेन्सी – हालसालै मात्र कोभिड–१९ को चपेटाबाट तंग्रिन थालेको चीन आफूसँग सहयोग माग्नेहरुलाई सघाउन थालेको छ ।
इटाली कोभिड–१९ को संक्रमणबाट विश्वमै सर्वाधिक प्रभावित हुने मुलुकको रुपमा रहेको छ । संक्रमणको मामिलामा अमेरिकापछि दोस्रो स्थानमा रहेपनि मृत्युको मामिलामा पहिलो अर्थात १०,०२३ मानिसले ज्यान गुमाएका छन् ।
चीनले इटालीलाई यो महामारीसँग जुभ्mनका लागि प्रस्ताव गरेको छ । यहाँ शुक्रबार माात्रै पूर्वी चीनको फुजियान प्रान्तबाट तेस्रो विज्ञको टोली मिलान पुगेको छ । यो क्षेत्रमा आएको विमानले दान गरिएका चिकित्सा सामग्री ओसारेका छन् । यसमा भेन्टिलेटर, मनिटर र मास्क रहेका छन् ।
चीनको पहिलो चिकित्सा टोली मार्च १२ मा रोम पुगेको थियो । यसले ३१ टन मेडिकल सामग्री ओसारेको थियो । यो टोलीमा दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तका विज्ञहरु पनि थिए । यसको ६ दिनपछि चीनको झेजियाङ प्रान्तबाट दोस्रो टोली मिलान आइपुगेको थियो ।
शाओमी र अलिबाबा लगायतका चिनियाँ कम्पनीहरुले इटालीमा सहयोग पठाएका थिए । ‘हामी एउटै सागरका छाल हौ । हामी एउटै रुखका पातहरु हौ र एउटै बगैचाकमा फूलहरु हौ,’ शाओमीले सहयोग प्याकेजमा लेखेको थियो ।
इटालीमा रहेको चिनियाँ राजदूतावसले इटालियन मेडिकल टीमले २००८ मा ६९,००० मानिसको ज्यान लिने गरी वेनचुआनमा आएको भूकम्पको समयमा राखेको फोटो पोष्ट गरेको थियो । यसमा भनिएको छ, ‘खाँचोमा सहयोग गर्ने साथी वास्तवमै साथी हो ।’ यो पोष्ट इटालियन भाषामा वाचन गरिएको थियो । २००८ मा १४ इटालियन आपतकालिन उद्धार विज्ञले सिचुवानमा फसेका ९०० मानिसको ज्यान जोगाएका थिए । १९८८ मा इटालीको सहयोगमा सिचुवना इमरजेन्सी सेन्टरको स्थापना गरिएको थियो ।
कोभिड–१९ सुरु भएको समयमा कतिपय इटालियनले चिनियाँ जनताप्रति उनीहरुको चासो व्यक्त गरेका थिए । इटालीको फ्लोरेन्सको मेयर दारियो नार्डेलाले फेब्रुअरी १ मा इम्ब्रेस अ चाइनिज भनेर ट्वीट गरेका थिए । यसलाई कतिपय चिनियाँ नागरिकहरुले स्वागत समेत गरेका थिए ।
पाकिस्ताने पनि कोभिड–१९ सँग जुझ्नकका लागि ठूलो परिमाणमा मास्क सहयोग गरेको थियो । यो सहयोग फेब्रुअरी १ मा चीन पुगेको थियो । यसमा ३,००,००० मेडिकल मास्क, ८०० रक्षात्मक पोशाक र ६,८०० ग्लोभ थिए ।
चीलने हाल पाकिस्तानलाई १०,००० मेडिकल एन–९५ मास्क, १,००,००० मास्क, ५,००० रक्षात्मक पोशाक, १२ रेस्पिरेटर र १०,००० टेस्ट किट सहयोग गरेको छ । यी बाहेक चीनले विज्ञहरु र चिकित्सा टोलीको माध्यमबाट पनि सहयोग गर्न थालेको छ ।




प्रतिक्रिया