चीनका एक अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

चीनका एक अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ् – चीनमा एक अरब २४ करोडलाई कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो सङ्ख्या शुक्रबारसम्मको हो।

चीनमा सन् २०२१ को अन्त्य सम्ममा एक अरब ४१ करोड जनसङ्ख्या रहेको देखाइएको थियो । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले तीमध्ये कुल ६४ करोड ९० लाखले अतिरिक्त खोप नै लगाएको जानकारी दिए । उनका अनुसार ६० बर्षभन्दा बढी उमेरका ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् ।

त्यसैगरी सङ्क्रमणबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाउन अतिरिक्त खोप निकै उपयोगी भएको उनको भनाइ छ । पूर्ण खोप लगाउने र अतिरिक्त खोप लगाउने अभियान अहिले पनि चलिरहेको र कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन अपनाउनु पर्ने उपायहरू पनि अपनाउन लगाइएको अधिकारीहरूले जनाएका छन् । -सिन्ह्वा