विश्वमा कोरोनाको कहरः मृतकको संख्या ४२ हजार नाघ्यो, चीनमा संक्रमण शून्य

विश्वमा कोरोनाको कहरः मृतकको संख्या ४२ हजार नाघ्यो, चीनमा संक्रमण शून्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभरीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ । हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । पछिल्लो समय ब्यापक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै हिजो एकैदिन ७ सय १९ जनाको ज्यान गएको छ । २३ हजार ५ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन् ।

अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित हुँदा ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ । यसैगरी इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ । इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिदा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।

स्पेनमा कारोना संक्रमणका कारण थप ७ सय ४८ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । तर कोरोनाको उद्गमस्थल चीनमा भाइरसको संक्रमण शून्यमा झरेको छ । चीनमा हिजो कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान समेत गएको छैन ।

आगामी दुई साता अमेरिकाका लागि खतरनाक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आगामी दुई साता कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या सर्वाधिक हुन सक्ने बताएका छन् । यसलाई मध्यनजर गर्दै उनले सामाजिक दूरी बनाउन र भाइरस सम्बन्धि अन्य दिशा–निर्देशको अवधि बढाएर ३० अप्रिलसम्म पु¥याएका छन् । अमेरिका यो संकटबाट जुन १ सम्म बाहिर आउने ट्रम्पले आश्वासन दिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्पले कोरोना भाइरसको विषयमा आफ्नो दोस्रो रोज गार्डन प्रेसवार्तमा भनेका छन्, ‘जुन बचाउ उपाय हामी लागु गरिरहेका छौ, त्यो धेरै हद सम्म संक्रमणको नयाँ मामिला तथा असमय भइरहेको मृत्युको संख्या घटाउन सहयोगी हुनेछ ।’