चीनको वुहानबाट ल्याइएका १७५ जनानै कोरोनामुक्त,आजै घर पठाइने

चीनको वुहानबाट ल्याइएका १७५ जनानै कोरोनामुक्त,आजै घर पठाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनको वुहानबाट उद्दार गरिएर ल्याइएका १७५ जनानै कोरोनामुक्त भएका छन्। सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

१७५ जनामै कोरोनाको संक्रमण देखा नपरेपछि सबैलाई आजै घर पठाइने देवकोटाले बताए। ‘सबै जनाको ल्याब रिपोर्ट आइसकेको छ,’ उनले भने, ‘रिपोर्टमा सबै जनामा कोरोना भाइरसको संक्रमण देखिएन।

त्यस कारण आजै घर फर्काउने तयारी भएको हो।’ क्वारेन्टाइनमा ल्याइएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

आइतबार मात्र वुहानमा नेपालीलाई उद्दार गर्न गएको जहाजको पाइलटसहित १८ सदस्यलाई नगरकोट क्वारेन्टाइनस्थलबाट घर पठाइएको थियो।