चीनमा १० करोड व्यक्तिलाई कोराेना विरूद्धको खोप दिइयो

चीनमा १० करोड व्यक्तिलाई कोराेना विरूद्धको खोप दिइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा आइतबारसम्म कोभिड–१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत् १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् । चीनले मार्च २४ पछि दैनिक कोभिड–१९ विरूद्धको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ ।-सिन्ह्वा