चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भोलि नेपाल आइपुग्ने

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भोलि नेपाल आइपुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप सोमबार नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा दिने आठ लाख डोज खोप सोमबार नेपाल ल्याइने जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार आज चीन जाँदै छ ।

अनुदानको सो खोप बेइजिङमा तयारी अवस्थामा छ । १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएको चीनले १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो ।

त्यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो । नेपालले हालसम्म २३ लाख डोज खोप प्राप्त गरेको छ ।