चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आईपुगेको छ ।

नेपाल एअरलाइन्यको वाइडबडी ३३० को विमान आज बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् ।

चीनले नेपालका लागि दिएको खो भेरो सेल सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन आज नेपाल ल्याइएको हो ।