एजेन्सी-चीनका वैज्ञानिकहरुले कोरोनाभाइरसको केन्द्र वुहानमा एक खोपको क्लीनिकल परीक्षणको दोस्रो चरण सुरु गरेका छन् । चाइना डेलीको सोमबारको समाचार अनुसार यो खोप इन्सटिच्यूट अफ बायोटेक्नोलोजी, एकेडेमी अफ मिलिट्रि मेडिकल साइन्सेस अफ चाइनाले कोरोनाभाइरसको उपचारका लागि विकास गरेको हो । आइतबार यसको दोस्रो चरणको परीक्षणमा ५ सय स्वयंसेवकले भाग लिएका थिए ।
यसमा सबैभन्दा पाको उमेरका स्वयंसेवी वुहान निवासी ८४ वर्षीय शोंग झेगशिंग रहेका छन् । उनले सोमबार खोपको प्रक्रिया पुरा गरेका थिए । उनीसँग उनको छोरी पनि थिइन् । खोपलाई जेनेटिक इन्जिनियरिङको तरिकाबाट विकसित गरिएको र कोरोनाभाइरसका कारण हुने बिरामीमा प्रयोग गरिनेछ ।
खोपको क्लीनिकल परीक्षणलाई पहिलो चरणमा यसको सुरक्षामा ध्यान दिइएको थियो भने दोस्रो चरणमा यसको प्रभावकारितामा जोड दिइएको छ ।




प्रतिक्रिया