चीनबाट सहयोग प्राप्त १८ हजार थान सिलिण्डर तातोपानी पुग्यो

चीनबाट सहयोग प्राप्त १८ हजार थान सिलिण्डर तातोपानी पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चीन सरकारबाट सहयोग प्राप्त १८ हजार थान सिलिण्डर तातोपानीमा आईपुगेको छ । सरकारलाई आज भोलीमै हस्तान्तरण गर्ने चिनियां पक्षको तयारी छ । चीनले सिलिण्डरका साथै अन्य स्वास्थ्य सामाग्री सरकारलाई सहयोगस्वरुप उपलव्ध गराएको हो ।

चीनले उपलब्ध गराएको अरु दुई हजार थान सिलिण्डर नेपाल एयरलाइन्सको जहाजबाट काठमाण्डु ल्याउने तयारी छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले १८ हजार थान सिलिण्डर छिटोभन्दा छिटो काठमाण्डु ल्याउने विषयमा हिजो नै सरोकारबालाहरुसंग परामर्श गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।