चीन – चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड खस्दा नौ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११:१५ बजेतिर खसेको जानकारी दिएका छन्।
दुर्घटनामा परी १७ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । त्यसैगरी अर्का एक जना अझै बेपत्ता छन् ।




प्रतिक्रिया