काठमाण्डु-चीनका सहायक परराष्ट्रमन्त्री हुआ चुनयिङ उप-विदेशमन्त्रीमा नियुक्त भएकी छन् ।
सहायक परराष्ट्रमन्त्री चुनयिङलाई उप-विदेशमन्त्रीमा नियुक्त गरिएको सोमबार आधिकारिक घोषणा गरिएको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।
सन् १९७० मा जन्मेकी उनी पश्चिम युरोपेली मामिलाको पूर्वविभाग, युरोपेली मामिला विभाग, सूचना विभागका साथै सिंगापुरको चिनियाँ दूतावास र ईयूमा चिनियाँ मिशनमा काम गरिसकेकी छिन् ।
यस्तै, सन् २०१२ देखि २०१९सम्म हुआले चीनको परराष्ट्र मन्त्रालयमा प्रेस, सञ्चार र सार्वजनिक कूटनीति विभागको उपमहानिर्देशकको रूपमा पनि काम गरेकी हुन् ।
उनी ली जिन्हुआ, फ्यान हुइजुआन, झाङ क्वियु र जियाङ यू पछि चिनियाँ विदेश मन्त्रालयको पाँचौं महिला प्रवक्ता पनि हुन् । यस्तै उनी वाङ हेरोङ र फु यिङपछि तेस्रो महिला उप-विदेशमन्त्री पनि हुन् ।
अमेरिकाको नेतृत्वमा चीनसँगको भूराजनीतिक टकरावको बीच चीन विरुद्ध पश्चिम नेतृत्वमा रहेका आधारहीन हल्ला र हमलाहरूलाई तीव्र र सटिक जवाफ दिएपछि सामाजिक सञ्जालमा धेरै चिनियाँ नागरिकहरू हुवाको दयालु स्वभावबाट प्रभावित बनेका छन् ।




प्रतिक्रिया