चीनमा डुंगा दुर्घटना हुँदा १० जनाको ज्यान गयो


एजेन्सी – चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुंगा दुर्घटनामा कम्ती १० जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० जना बेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ ।

स्थानीय समयअअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको उक्त डुंगामा २९ व्यक्ति सवार रहेका बताइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement