कोरोना भाइरसको महामारीमा चिनियाँ अर्थतन्त्र कसरी मजबुत बन्यो ?


एजेन्सी – कोरोना भाइरसकाे महामारीका कारण विश्वको अर्थतन्त्र सिथिल बनिरहेका बेला चीनको अर्थतन्त्र भने मजबुत भएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण यतिबेला विश्व नै थला परिरहेको अवस्थामा चीनको अर्थतन्त्र आश्चर्यजनक रुपमा वृद्धि भएको पाइएको छ ।

सन् २०२० मा चीनको अर्थतन्त्र २.३ प्रतिशतले वृद्धि भएको छ । यो वर्षको शुरुवातमा कोरोनाभाइरस महामारीले देशकाे अर्थतन्त्रलाई शिथिल बनाएकाे अवस्थामा वर्षकाे अन्त्यतिर नाटकीय रूपमा परिवर्तनको भएकाे सोमबार सार्वजनिक गरिएको नयाँ तथ्यांकले देखाएको छ । सन् १९७६ मा सांस्कृतिक क्रान्तिको अन्त्यकाे समयमा चिनियाँ अर्थतन्त्र १.६ प्रतिशतले संकुचित भएदेखि वार्षिक वृद्धिदर सबैभन्दा कम थियो ।

अन्य देशहरूले महामारीको प्रभावलाई नियन्त्रण गर्न संघर्ष गरिरकाे अवस्थामा चीनले सन् २०२० मा विस्तार हुने एक मात्र ठूलो अर्थव्यवस्था हुने अपेक्षा गरेकाे थियो ।

२०२० को अन्तिम (डिसेम्बर)मा नाटकीय सुधारलाई उल्लेखनीय रूपमा हाईलाइट गरेको छ । जब चीनको अर्थव्यवस्था एक बर्षमा ५.५ प्रतिशतले बढेको छ । विश्लेषकहरूको ६.२ प्रतिशतको पूर्वानुमानभन्दा अघि राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) ले सोमबार यस्तो घोषणा गरेको हो ।

यसको मतलब त्रैमासिक वृद्धिदर भाइरसको प्रभाव अघि २०१९ को चौथो महिनामा ६.० प्रतिशतको भन्दा बढी हो । २०२० को पहिलो त्रैमासिकको तुलनामा यो उल्लेखनीय परिवर्तन पनि हो । जब रेकर्ड सुरु भएदेखि पहिलो त्रैमासिक संकुचनमा अर्थव्यवस्था ६.८ प्रतिशतले संकुचित भएको छ ।

एनबीएसका प्रमुख निङ्ग जिझेले सन् २०२० मा आर्थिक र सामाजिक विकासको मुख्य लक्ष्यहरू अपेक्षा गरेभन्दा राम्रो रहेको जानकारी दिए ।

‘चीनले वर्षभरि सकारात्मक आर्थिक वृद्धि हासिल गर्ने आफू विश्वको एक मात्र प्रमुख अर्थतन्त्र भएको देश बन्ने अपेक्षा गरेको छ’, उनले भने, ‘हामी चाँडै आर्थिक वृद्धिदरलाई सामान्य अवस्थामा फर्काउन सफल भएका छौं ।’

गत वर्ष पहिलो पटक चिनियाँ अर्थव्यवस्थाको आकार १०० ट्रिलियन युआनमा पुगेको थियो । जुन चिनियाँ कम्युनिष्ट पार्टीको लागि अर्को प्रतिकात्मक जीत हो ।

‘जीडीपी तथ्यांकले अर्थव्यवस्था लगभग सामान्य भएको देखाउँदछ’, बेइजिङका अर्थशास्त्री खुफिया इकाईका प्रमुख अर्थशास्त्री यू सुले भने, ‘यो गति निरन्तर जारी रहनेछ, यद्यपि उत्तरी चीनका केही प्रान्तहरूमा हालको कोभिड–१९ को प्रकोपले अस्थायी रूपमा उतारचढाव निम्त्याउन सक्छ ।’

चीनले २०२० मा आर्थिक बृद्धि लक्ष्य तय गरेको थिएन । किनकि कोरोना भाइरसको नतिजाले निर्भर गर्ने चीनको अपेक्षा थियो । साथसाथै चीनले रोजगारी सिर्जना र बेरोजगारीका लागि लक्ष्यहरू तय गरेको थियो । ती दुबैलाई पार गरेको सोमबारको तथ्यांकले देखाएको छ ।

बेइजिङले सन् २०१२ मा ११ करोडको तुलनामा २०२० मा ९ मिलियन रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको थियो । सोमबारको तथ्यांक विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष चीनमा ११.८६ मिलियन नयाँ रोजगारी सिर्जना गरिएको थियो । लक्ष्य १३१.८ प्रतिशत रहेकाे थियाे । सन् २०२० का लागि चीनको सर्वेक्षण गरिएको बेरोजगारी दर ७.७ प्रतिशत थियो जुन अघिल्लो वर्ष ५.५ प्रतिशत मात्रै थियो ।’

सन् २०२० को डिसेम्बरमा औद्योगिक उत्पादन एक बर्षको तुलनामा ७.३ प्रतिशतले वृद्धि भएको छ । विश्लेषकहरूले ६.९ प्रतिशतको पूर्वानुमानलाई तोडेर नोभेम्बरमा ७.० प्रतिशतले वृद्धि भएको थियो । गत महिना खुद्रा बिक्री ४.६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै स्थिर सम्पत्ति लगानी डिसेम्बरमा २.३२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement