चीनले बनायो चार सिट भएको विद्युतीय विमान

चीनले बनायो चार सिट भएको विद्युतीय विमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनले चार सिट भएको विद्युतीय विमान बनाएको छ । सोमवार चीनले आफैं बनाएको चार सीट भएको आरएक्स४ई नामक विद्युतीय विमानको परीक्षण उडान गराएको हो ।

लियाओनिङ जनरल एभिएसन एकेडमीले बनाएको उक्त विमानलाई चीनको उत्तरपश्चिममा रहेको शेनयाङ शहरमा परीक्षण उडान गरिएको हो ।  उक्त विमानको तौल १२ किलो छ भने लम्बाइ ८.४ मिटर छ । यसको पखेटाको चौडाइ १३.५ मिटर छ । यो ३०० किलोमिटर प्रतिघन्टाको दरले उड्छ अनि डेढ घन्टासम्म लगातार एकपटकको उडान भर्न सक्ने एकेडेमीले जनाएको छ ।