चीन,कतार र टर्कीमा साताको एक दिन उडान खुला गर्ने सरकारको निर्णय

चीन,कतार र टर्कीमा साताको एक दिन उडान खुला गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले तीन देशका लागी साता एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहिवार बसेको बैठकले जेठ १८ गतेदेखि चीन,कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको हो ।

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुहरु ठगिरहेको गुनासो आएपछि सरकारले ३ वटै देशमा सातामा एउटा उडानका लागी अनुमती दिएको हो । सरकारले गत वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारत बाहेकका अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।