चीन-भारत साझेदारीले अन्य देशलाई असर गर्दैन : चिनियाँ विदेशमन्त्री

चीन-भारत साझेदारीले अन्य देशलाई असर गर्दैन : चिनियाँ विदेशमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनका विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा नभएको बताएका छन् ।

विदेशमन्त्री यीले भारत र चीनबीचको भएको सहमतिबाट कुनै देशलाई असर नगर्ने बताएका हुन् ।

चिनियाँ विदेशमन्त्रीको भनाइ यस्तो बेला आएको हो, जतिबेला नेपालले भारत–चीनबीच लिपुलेक हुँदै व्यापार विस्तार गर्ने सहमतिको विरोध गरेको हो । उक्त सहमतिप्रति नेपालले औपचारिक रूमिा विरोध जनाएको छ भने संसद्मा पनि सत्ता र विपक्ष एकजुट भएका छन् ।

इस्लामावादमा पाकिस्तानी विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँग बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा लगाएको करको प्रभाव समयसँगै खुल्ने तर यसले भारतको रुससँगको मित्रतालाई बलियो बनाएको र चीनसँगको तनावलाई पनि कम गरेको बताए ।

चिनियाँ विदेशमन्त्री यी मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर अफगानिस्तान र त्यहाँबाट पाकिस्तान भ्रमणमा गएका थिए।

चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा सकारात्मक प्रवृत्तिमा रहेको भन्दै यीले नयाँदिल्लीमा आफ्ना भारतीय समकक्षीसँगको भेट गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले निम्त्याएको विश्वव्यापी व्यापार र भूराजनीतिक उथलपुथलबीच यी दुई देश सम्बन्ध सुधारतर्फ अघि बढिरहेका छन् ।

सोमबार भारतका विदेशमन्त्री एस जयशंकरसँग वार्तामा वाङले दुई देशले एकअर्कालाई विरोधी वा खतराको सट्टा साझेदार र अवसरका रूपमा हेर्नुपर्ने बताएका थिए ।