बेइजिङमा नेपाल–चीनबीच ७ वटा सहमतिमा हस्ताक्षर, चीनद्धारा १ अर्ब ६० करोड सहयोग घोषणा

बेइजिङमा नेपाल–चीनबीच ७ वटा सहमतिमा हस्ताक्षर, चीनद्धारा १ अर्ब ६० करोड सहयोग घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – चीनले नेपाललाई १ अर्ब ६० करोड चिनियां युवान बराबरको अनुदान सहयोग दिने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको अवसर पारेर सोमबार सांझ चीनले यस्तो घोषणा गरेको हो।

चिनियां राष्ट्रपति सी जिनपिङसंग सोमबार विहान राष्ट्रपति भण्डारीसंगको द्विपक्षीय वार्ता भएसंगै चीनले सहयोगको घोषणा गरेको हो ।

चीनले गरेको सहयोग नेपालमा सञ्चालन गरेका विभिन्न परियोजना, नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर बृद्धि, भूकम्पले पुर्याएपछिको पुनर्निर्माण लगायतका कार्यमा खर्च हुनेछ।

चीनले सहयोगको यस्तो घोषणा गर्नुअघि बेइजिङमा नेपाल–चीनबीच विभिन्न ६ वटा सहमति–समझदारी भएका थिए।
यस्तो छ समझदारीको सुची-

नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तीमा नेपाल–चीनबीच भएका ती सम्झौताका क्रममा भ्रमणरत नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागी रहेको उल्लेख गरेको छ।

ग्रेट हल अफ दि पिपुलमा भएको सो भेटवार्ताका क्रममा दुई शीर्ष नेताहरुबीच द्विदेशीय सम्बन्धलाई अझ मजवुत र आपसी सहयोगलाई अझ अभिबृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

भेटमा राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो फोरम सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रपति सीलाई बधाई दिएकी थिइन् । उनले बीआरआईका कारण कनेक्टिभिटी र पूर्वाधार निर्माणमार्फत् आर्थिक विकासको लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेकी थिइन्।

राष्ट्रपति सीले नेपालले लिएको एक चीन नीतिको प्रसंशा गरेका थिए।