काठमाण्डु– चीनले नेपाललाई थप स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराउने भएको छ । चिनियां विदेशमन्त्री वाङ यीले पांच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरुसंग वैशाख दोश्रो साता भिडियो कन्फ्रेन्स हुंदा नेपाल कोरोना भाइरसको समस्याबाट जुधिंरहेको भन्दै ९ करोड २० लाख बरावरको सहयोग तुरुन्त गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ ।
चीनले थप ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया मेसिन उपलब्ध गराउने तयारी गरेको छ । उक्त स्वास्थ्य सामाग्रीहरु तातोपानी नाका हुंदै एक हप्ताभित्र नेपाल आईपुग्नेछ ।
चीनले यसअघि अनुदान दिने घोषणा गरेको स्वास्थ्य सामाग्री भने सरकारले हवाई र स्थलमार्गबाट नेपाल ल्याउने तयारी गरेको छ । चिनियां अनुदानमध्येको ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर लिन नेपाल वायु सेवाको वाइडबडी जहाज यही वैशाख २७ गते बेइजिङ जांदैछ । २८ गते उक्त सामान नेपाल आइपुग्नेछ । त्यसपछि थप स्वास्थ्य सामाग्रीहरु नेपाल आईपुग्नेछ ।
चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।
कोरोनाको महामारीले जनजिवन आक्रान्त वनिरहेको बेला चिनियां विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रवार पत्रकार सम्मेलनमा नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन ।
उनले पत्रकार सम्मेलनमा भनेका छन् ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिको बारेमा चीन जानकार छ । हामी सबै प्रकारको सक्दो सहयोग नेपाललाई गर्नेछौं । ’




प्रतिक्रिया