काठमाडौं – नेपालस्थित चिनियाँ दूतावासका कर्मचारीले नेपाली बैंकको एटिएम ह्याक गरी चोरी गर्ने गिरोहसँग भेट गरेका छन् ।
पक्राउ परेका पाँच चिनियाँ ह्याकर गिरोहलाई दूतावासका कर्मचारीले आइतबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर भेट गरेका थिए ।
करिब डेढ घण्टा बसेका नेपालस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरीले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए । सुवेदीलाई भेटेर फिङसा ओलिनले उनीहरु आपराधिक गिरोहका भएका र आफ्नो देशको बेइज्जत गरेको भन्दै अनुसन्धान राम्रोसँग गरिदिन आग्रह गरेको श्रोतले बतायो ।




प्रतिक्रिया